खबर

Latest news articles listed by publish date

'सन्नाटाका सुस्केरा' सार्वजनिक

'सन्नाटाका सुस्केरा' सार्वजनिक

8/6/2025

विसं २०५९ मा 'आस्था ओढेको मन' शिर्षकको उपन्यास मार्फत नेपाली साहित्यमा देखा परेका श्रष्टा प्रकाश सापकोटाको पाचौँ कृतिका रूपमा 'सन्नाटाका सुस्केरा' कविता संग्रह निस्किएको छ । सापकोटाका यसअघि मुक्तक संग्रह, जानकारीमुलक लेख र अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन् । लामो समयदेखि विदेशमा रहेका सापकोटाका ५१ वटा समसामयीक र व्यङग्य चेतका कविता समेटिएको संग्रहलाई सुनकोसी वाङमय प्रतिष्ठानले प्रकाशन गरेको हो । वरिष्ठ कवि दिनेश अधिकारी लगायत साहित्यकार श्रीओम श्रेष्ठ रोदन, सुस्मिता नेपाल, राधेश्याम लेकाली, पवन आलोकले काठमाडौंमा पुस्तक लोकार्पण गरेपछि कवि यादव भट्टराई र ठाकुर बेलवासेले पुस्तकको टिप्पणी गरे भने कवि विश्व सिग्देल, केशव पराजुली, छविरमण सिलवाल, प्रदीप सापकोटा, रूपा रिसाल, दीपक चौलागाईं र पूर्णबहादुर श्रेष्ठले शुभकामना व्यक्त गरे ।

Read more →